२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मनाङमा गण्डकी विकास बैंकको शाखा

मनाङमा गण्डकी विकास बैंकको शाखा

2.8K
Shares


अर्थ नेपाल काठमाडौं/मनाङ जिल्लाको चामेमा गण्डकी विकास बैकको ५१ औं शाखा स्थापना गरेको छ । वैँकका अध्यक्ष जगन बहादुर गुरुङले उक्त शाखाको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम क्षेत्रमा मात्र सिमित नगरी ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने जानकारी दिए ।
मनाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए  । उक्त कार्यक्रमको स्वागत मन्तव्य बैँकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले गरे ।
यो शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij