
अर्थ नेपाल विराटनगर/ मोरङको ग्रामथान गाउँपालिकाको नेताचोकमा सिर्जना फाइनान्स लिले गत शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन फाइनान्सका सञ्चालक सुवास आचार्य र गाउँपालिका अध्यक्ष शिवनारायण माझीले संयुक्त रुपमा गरेका थिए ।
ग्रामीण भेगका जनतालाई सहज र सरल बैकिङ कारोबार दिने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यो शाखाबाट कसेनी, बाहुनी, सोमबारे डंग्राहा, सिशबनी बडहरा हरैचा, मृगौलिया झोराहाट, तेतरिया, मोतीपुर, र थलाहाका जनतालाई बैंकिङ कारोबार गर्न सजिलो हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij