२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

फोर्डका गाडी किन्दा ४ लाखसम्मको छुट

फोर्डका गाडी किन्दा ४ लाखसम्मको छुट

2.7K
Shares

अर्थ नेपाल काठमाडौं /फोर्डको नेपालको लागि आधिकारिक विक्रेता गो अटोमोवाइल्सले चाडपर्वको अवसर पारेर क्यासमा क्यास अफर ल्याएको छ।
फोर्ड गाडीको खरिदमा नियमित क्यास छुटका साथै लक्की ड्र मार्फत नगद ८० हजार देखि चार लाख सम्मको अतिरिक्त नगद छुट पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसको साथै कुनै पनि ब्राण्डको गाडीसँग सट्टापट्टाको व्यवस्था समेत रहेको छ। यो अवधिमा फोर्ड गाडी किन्नेलाई तीस हजारसम्मको अतिरिक्त सामान पनि दिइने कम्पनीले जनाएको छ।

फोर्डले आफ्नो गाडीहरुमा ८० प्रतिशतसम्म फाइनान्सको व्यवस्था गर्नुका साथै ८।९९ प्रतिशत व्याजदरमै उपलब्ध गराउने जनाएको छ। यो योजना फोर्ड फिगो, एस्पाइर, एको स्पोर्ट, रेन्जर र एन्डेभरमा लागू हुने छ।
कम्पनीका अनुसार बुकिङ्गमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछन् र उक्त कोड कम्प्युटर प्रोग्राम मार्फत अतिरिक्त छुट हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij