राष्ट्रपुकार काठमाडौं /मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ सौन्दर्य प्रतियोगिताको भोटिङ खुल्ला गरिएको छ । आफुलाई मन पर्ने प्रतियोगीहरुलाई भोट गर्न सकिने छ ।
यस सौन्दर्य प्रतियोगितामा छनौट भएका मध्येबाट भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताएका छन ।
सङस नेपाल प्रालिले आयोजना गरेको यस सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धिको सम्पूर्ण प्रशिक्षण समेत प्रदान गरिएको छ । यस प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को कोरियोग्राफी के. दिबश भट्टराइले गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij