२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यस वर्षको जन्म दिन …

यस वर्षको जन्म दिन …

5.1K
Shares

रामचन्द्र घिमिरे


यस वर्ष पनि जन्म दिन मनाउने खासै केही कार्यक्रम थिएन । विगतमा पनि जन्म दिनलाई खासै महत्वदिएर मनाएको छैन । छोराहरुको जन्म दिन मनाउन भने औधीमन पर्छ । हामी दुई श्रीमान् श्रीमतिले खासै जन्म दिन मनाएका हुँदैनौं । मेरो फेसबुकमा रहनु भएका साथीहरुको भने भ्याए र सकेसम्म दुई शब्द लेखेर पठाउने गर्दछु । जसले गर्दा वर्षको १ पटक न्यूनतम भनेपनि कुरा हुन सकोस् भन्ने हो । अर्को फेरि फेसबुकमा मैले साथी भाइहरुले लेखेको स्टाटसमा आफुले जानेसम्म राम्रो सुझाव सहित लेख्ने गर्दछु । यसपटकको मेरो जन्म दिवस फेसबुकले भब्य रुपमा मनाएको पाए । त्यसैले होला यस पटक अलि अनौठो र फरक लाग्यो मलाई । बिहान उठेर नुहाए । फल दिएर आमालाई सास्टाङ्ग दण्डबत गरे । घरमा रहनु भएका पञ्चायन देवताको पुजा गरे । हामी श्रीमान् श्रीमति घरमा भएको पंचायन देवताको पुजा सँगै बसेर गर्छौं । हाम्रो परम्परामा पंचायन देवतालाई छोरी मान्छेले छुन हुँदैन भन्ने छ । सोही अनुरुप भगवानलाई सम्पुटबाट झिक्ने, स्नान गराउने, घिउ लगाएर सेवा गर्ने र पूजा गर्नका लागि खोरीमा राख्ने काम म गर्छु । मेरी श्रीमतिले फूल टिप्ने, बत्तिका लागि दियो तयार पार्ने, कलश तयार पार्ने काम गर्छिन । सोही अनुरुप उनले तयार पारेको ठाउँमा गएर भगवानलाई झिकेर पाठ गर्दै भगवानको सेवा गरे ।
खाना खाएर आफ्नो जन्म दिनको उपलक्षमा मेरा गुरु नरहरि आचार्यज्यूलाई दर्शन गर्न जाने कार्यक्रम बनाए । खाममा आफ्नो क्षमता अनुसार पैसा राखेर बाहिर हिड्दा लगाउने लुगाको गोजीमा राखे । आज जन्म दिनको शुभकामना दिन लमजुङबाट बृषराज गुरुङले पहिलो फोन गर्नु भयो । कृतज्ञता जनाए । त्यसपछि भाइ पूर्णचन्द्र घिमिरेले फोन गरेका रहेछन्, म नुहाउन गएको समयमा परेर कुरा हुन सकेनछ । त्यसको लगत्तै बुहारी जमुना घिमिरेले फोन गरेर जन्म दिनको शुभकामना दिईन् । उनलाई मैले परिवारका तर्फबाट तिमी पहिलो व्यक्ति भयौं शुभकामना दिने भने । भगवानको सेवा सकेपछि आफु भन्दा ठूलाबाट आर्शिवाद लिने सुरले शान्तिपुर आमा(सासुआमा)लाई फोन गरेर आर्शिवाद लिए । पोखरा ठूलो दिदीलाई फोन गरेर आर्शिवाद लिए, भिनाजुसँग पनि आर्शिवाद लिए, गैडाकोट सानो दिदीलाई फोन गरेर आर्शिवाद लिए, भिनाजुसँग पनि आर्शिवाद लिए । दमौली भान्जी दिदीलाई फोन गरेर आर्शिवाद लिए । यति काम सकेपछि खाना खाए । सोही अनुरुप खाना खाए पछि फेसबुकमा हेरे, भाइ पूर्णले १४ वटा तस्वीर राखेर लेखेछन् – “आज दाजु रामचन्द्र घिमिरेको जन्मदिन । उहाँलाई सुख, शान्ति, उन्नति, प्रगति र सुस्वास्थ्यको हार्दिक शुभकामना । सधै हामीलाई अभिभाबकत्व मिलिरहोस भन्ने कामना”, हेरे खुसी लाग्यो । यसमा ३७८ लाईक र ३०० कमेण्ड आएका रहेछन् । सबैलालाई कृतज्ञ लेखे । भाइ पूर्ण सँगै बुहारी जमुनाले पनि ३ वटा तस्वीर राखेर लेखिछन् – “दाजुलाई जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु सहित प्रगतिको शुभकामना” खुसी लाग्यो । यसमा पनि १०० लाईक र १६ कमेण्ट आएका रहेछन् । सबैलालई कृतज्ञ लेखे । यसपछि चितवन कांग्रेसको नेता मेरो साथी देवकी गौतमले ३ वटा तस्वीर सहित लेख्नु भएछ– “जन्म दिनको धेरै–धेरै शुभकामना दाइ” खुसी लाग्यो । यसमा पनि ६८ लाईक र १७ कमेण्ट आएका रहेछन् । यसपछि अमेरीकाबाट मेरा अनन्य मित्र विष्णु सुवेदीले मेरो एउटा फोटो राखेर लेख्नु भएछ– “हाम्रा अननन्य मित्र नेपाली कांग्रेसका नेता एवं वरिष्ठ चिन्तक श्री रामचन्द्र घिमिरेजीको जन्म दिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना” खुसी लाग्यो । यसमा पनि ७९ लाईक र ५२ कमेण्ट आएको रहेछन् । यसपछि तारक प्रतिभा र निर्मल पन्थीले ३ जनाको तस्वीर राखेर लेख्नु भएछ– “कांग्रेस महासमिति सदस्य मेरो आदरणीय लक्ष्मी खतिवडा दिदी, दाजु रामचन्द्र घिमिरे र नेविसंघका केन्द्रीय सदस्य मित्र सुदर्शन खनाललाई जन्मदिनको विशेष शुभकामना । प्रगति र समृद्धिको यात्रा अविराम अगाडि बढिरहोस्” खुसी लाग्यो १८५ लाईक १२ जनाको कमेण्ट आएको रहेछ । यसपछि रुकुम कांग्रेसका नेता खड्ग डाँगीले मेरो एउटा फोटो राखेर लेख्नु भएछ– “शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा सशस्त्र द्वन्द्वका पीडित परिवारलाई राहत प्रदान गर्नको लागि सुझाव पेश गर्न गठित कार्यदलका संयोजक तथा लेखक रामचन्द्र घिमिरे दाइलाई जन्म दिनको शुभकामना” खुसी लाग्यो । यसमा ७९ लाईक र ९ कमेण्ट आएछन् । यसपछि भाइ शिवचन्द्र घिमिरेले ३ वटा तस्वीर राखेर लेखेछन्– “तपाईको कडापन भित्रको मायापन, अभिभावकत्व, संघर्षले हामी सबैलाई बाधी रहने छ । ह्याप्पी वर्थडे दाइ” पढे खुसी लाग्यो । यसमा पनि ८६ लाईक र १० कमेण्ट आएछन् । फेसबुक साथी सरोज अर्यालले एउटा तस्वीर राखेर लेख्छन्– “जिवित शरद सतम सतम, सुदिनम सुदिनम जन्मदिनम, भवतु मंगलमय माङ्गल्य, जन्मदिनस्य हार्दिक शुभेच्छा, सुस्वास्थ्य एवं दीर्घायुको कामना आदरणीय दाजु” यो अलि फरक खालको लाग्यो । यसमा १५० लाईक र १४९ कमेण्ट आएका रहेछन् । मेरो जन्म दिनमा सहभागी सबैलाई सकेसम्म कृतज्ञ छु भनेर लेख्ने कोसिस गरेको छु । यस बाहेक मेरो वालमा शुभकामना दिनुहुने मेरा फेसबुकका २८३३ साथीहरुलाई पनि कृतज्ञ छु भनेर लेखे । मेरो परिवार छोरी(बुहारी) पूर्णिमाले गैडाकोटबाट फोन गरेर बाबा जन्म दिनको शुभकामना भन्दा मिठो अनुभूति भयो ।
मेरो परिवार, इष्टमित्र र साथीहरुको नै मुख्य भूमिका रह्यो । म एक व्यक्ति हेराईमा विविध हुदो रहीछु । यसले मलाई नयाँ उर्जा अबस्य दिएको छ । परिवारले खोजेको अभिभावकत्व, अन्य साथीहरुले खोजेको विचार, व्यक्तित्व र नेतृत्व आफ्नो क्षमताले भ्याएसम्म गर्नुपर्छ ।जन्म दिन आफुले गरेको कामको मूल्याङ्कनको कशी पनि बनाउन मिल्दो रहेछ, नयाँ अनुभूतिका साथ गर्व अनुभव भइराखेको छ । सबै प्रति यतिका उत्साह, माया, प्रेरणाका साथ मनाउन जुट्नु भएकोमा कृतज्ञता व्यक्त गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij