अर्थ नेपाल
काठमाडौं/एनआईसी एशिया बैंकले भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३ सय विरुवा वृक्षारोपण गरेको छ ।
आफ्नो सेवाको १९ बर्ष पार गरी २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज बैंकले वृक्षरोपण गरेको हो ।
एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कूल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ ।
यसै क्रममा बैंकले हालसम्म करिब ८ हजार विरुवा रोपिसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij