२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बैंक वित्तीय संस्थाको वडा सदस्य पनि सञ्चालक बन्न नपाउने

बैंक वित्तीय संस्थाको वडा सदस्य पनि सञ्चालक बन्न नपाउने

3K
Shares

काठमाडौं/नेपाल राष्ट्र बैंकले स्थानिय तहमा नवनिर्वा्चित वडा सदस्य समेत बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । संस्थागत सुशासनको पक्ष कमजोर हुने भन्दै जनप्रतिनिधीलाई पनि सञ्चालक हुन बन्देज लगाइएको हो ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले संवैधानिक पद धारण गरेको व्यक्तिलाई सञ्चालक वन्न रोक लगाएको थियो । सांसदलाई सञ्चालक हुन रोक लगाएपछि अहिले जनप्रतिनिधीलाई पनि रोक लगाइएको हो ।

बैंक तथा वित्तिय संस्थाको सञ्चालकमा त्यस्ता व्यक्ति हँदा वित्तिय शुसासन कायम गर्न सहज नहुने राष्ट्र बैंकको ठहर छ । यसअघि बाफियामा राष्ट्र बैंकको सञ्चालक वस्न सांसदलाई रोक लगाउँदा दर्जनौं सासंदले विोध जनाएका थिए ।
पछि कडाइका साथ त्यो व्यवस्था लागु भएपछि उनीहरुले सञ्चालक पद छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij