काठमाडौं– नेपाली बजारमा मंसिर २६ गते, शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij