काठमाडौं – चालू आर्थिक वर्षको तीन महीनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा निर्यात ८९.६ प्रतिशतले बढेको हो भने आयात १९.८ प्रतिशतले वृद्धि भएको हो।
भारततर्फको निर्यात १३६.९ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। चीनतर्फको निर्यातमा उल्लेख्य कमी देखिएको छ यता भारतबाट आयात हुने वस्तुमा ७.५ प्रतिशत, चीनबाट आयात हुने वस्तुमा ३३.४ प्रतिशत र अन्य मुलुकबाट आयात हुने वस्तुमा ४६.५ प्रतिशतले वृद्धि देखिएको छ।
त्यसैगरी व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ प्रतिशतले घटेको थियो। अघिल्लो वर्ष वस्तुको निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेकोमा यस वर्ष १५.५ प्रतिशत पुगेको छ।
तीन महीनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तान गरी ४० अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत वर्षको तीन महीनामा ४४ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij