२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

1.4K
Shares
The drowning man. The man in water asks about the help.

उदयपुर- त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ । घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij