२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लघुवित्तको लाभांश घोषणा

गुराँस लघुवित्तको लाभांश घोषणा

2.4K
Shares

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने १ करोड ६५ लाख ८ हजार ५५३.७५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ८ लाख ६८ हजार ८७१.२५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij