२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म, नयाँ प्रविधि र ऐतिहासिक सवारी साधनको आकर्षण

नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म, नयाँ प्रविधि र ऐतिहासिक सवारी साधनको आकर्षण

2.3K
Shares

काठमाडौं – नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो।

‘Go for More’ भन्ने नारासहित आयोजना हुने शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ।

नाडाका अध्यक्ष करण चौधरीले यो शो नेपाली अटोमोबाइल क्षेत्रका सम्पूर्ण सरोकारवालाका लागि विशेष अवसर भएको बताउँदै आम नागरिकलाई सहभागी भई प्रविधिको अनुभव लिन आग्रह गरे।

विविध ब्रान्ड र प्रविधिको संगम

 १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, र  ३५ कम्पनीहरू  अटो शोमा सहभागी हुने छन् । शोमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारी साधनसहित ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, अटो पार्ट्स तथा वित्तीय सेवा प्रदायकहरू गरी १२५ भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ।

कुल ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीमध्ये १ लाख ६२ हजार ५ सय वर्गफुट क्षेत्रफलमा सवारी र सेवा प्रदर्शनी हुनेछ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको सहभागिताको अपेक्षा गरेको छ।

युनिक प्रविधि पहिलोपटक

शोमा पहिलोपटक नेपालमा UNITREE कम्पनीका अत्याधुनिक चारपांग्रे रोबोटहरू र Deepal eVTOL UAV नामक उड्ने सवारी (सहरी हवाइ मोबिलिटी) सार्वजनिक गरिनेछ।

आकर्षक विन्टेज शो

प्रदर्शनीको अर्को मुख्य आकर्षण विन्टेज मोटर शो हुनेछ जसमा मोरिस माइनर, फियाट, मर्सिडिज, टोयोटा आरटी ४०, बीटल, मिनी कुपर, भिएडब्लु बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया र टोयोटा एमआर२ जस्ता ऐतिहासिक सवारीहरू प्रदर्शित हुनेछन्।

स्वदेशी तथा अन्तर्राष्ट्रिय सहभागिता

‘Made in Nepal Pavilion’ मा स्वदेशमै निर्माण भएका सवारी तथा अटो पार्ट्स देख्न पाइनेछ भने ‘International Business Pavilion’ ले अन्तर्राष्ट्रिय सहकार्य तथा लगानी प्रवर्द्धनमा योगदान दिनेछ।

सुरक्षालाई प्राथमिकता

प्रदर्शनीमा क्षेत्रगत जोन विभाजन, ट्राफिक सूचना डेस्क, मिडिया डेस्क, आपतकालीन स्वास्थ्य सेवा, निगरानी, र दमकल सेवाको व्यवस्था गरिएको छ।

भाग्यशाली विजेता कार्यक्रम

दैनिक रूपमा १२ जना भाग्यशाली आगन्तुकहरूलाई एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गरिने कार्यक्रम समेत तय गरिएको छ।

नाडा अटो शोका साझेदार 

Title Sponsor: UNITREE (MAW Vriddhi) Co-Sponsor: Shikhar Insurance Company Ltd. Powered By: Campa Cola
Mobility Partner: Yango
Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक)
Official Internet Partner: WorldLink
Surveillance Partner: CCTV Nepal
Fire Safety Partner: Himalayan Safety Solutions Pvt. Ltd.
Hospital Partner: Kist Hospital
Hospitality Partner: The Plaza
Door Prize: Nepal Lube Oil Limited (provide free lubricants in every service for one year for 12 lucky winners)
Event Managed by: Global Exposition & Management Services Pvt. Ltd. (GEMS)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij