२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

1.3K
Shares

पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमबार भएको रुसी आक्रमणमा चार वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । यो आक्रमण अघिल्लो दिन छिमेकी सुमी क्षेत्रमा भएको आक्रमणपछि भएको हो, जहाँ २५ भन्दा बढीको ज्यान गएको थियो ।

खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जसलाई राति ड्रोनद्वारा पनि निशाना बनाइएको थियो । खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले रुसी सेनाले कुपियान्स्क सहरमा गोलाबारी गरेको बताए ।

“तोपको गोलाबारीका कारण ६८ वर्षीय पुरुष र ६१ वर्षीया महिलाको मृत्यु भएको छ,” उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

“रकेट आक्रमणबाट ७७ वर्षीया महिला र ५२ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।”

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्दा रुसी सेनाले खार्किभको धेरै भाग कब्जा गर्ने प्रयास गरेको थियो, तर युक्रेनी सेनाले ती क्षेत्र फेरी फिर्ता लिएको थियो । हाल पुनः सीमावर्ती क्षेत्रमा रुसी गतिविधि बढेको देखिएको छ ।

त्यसैगरी, युक्रेनी अधिकारीहरूले जनाएअनुसार रुसले आइतबार राति युक्रेनमाथि ६२ वटा ड्रोनद्वारा आक्रमण गरेको थियो, जसमा दक्षिणी सहर ओडेसामा ११ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij