२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

1.5K
Shares

काठमाडौं- समृद्धि फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । बिहीवार सञ्चालक समितिको बैठकले उनलाई  सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

घिमिरेलाई आगामी वैशाख १ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरिएको  हो । हालका सीइओ टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीले घिमिरेलाई २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि नियुक्त गरेको जनाएको छ।

चैत मसान्तसम्मका लागि भने संस्थाका नायव महाप्रबन्धक रहेका विनोद राज पौडेललाई कायम मुकायम सीइओको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij