२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकविच सम्झौता

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकविच सम्झौता

1.2K
Shares
काठमाडौं  – चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको । उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्री किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट  प्रदेश प्रमुख श्री सांग्रीला श्रेष्ठज्यूले हस्ताक्षर गरेका छन् ।
प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा उक्त सम्झौता भएको हो । एक्स्पो कृषिमन्त्री श्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत  सेवा दिइरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड(२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij