२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टेलिकमको संचालकमा सह-सचिव धनिराम शर्मा नियुक्त

टेलिकमको संचालकमा सह-सचिव धनिराम शर्मा नियुक्त

1.1K
Shares

काठमाडौं – नेपाल टेलिकमको संचालक समितिको सदस्य परिवर्तन भएको छ । टेलिकमको संचालक समितिको सदस्यमा धनिराम शर्मा नियुक्ति भएका हुन् ।

नेपाल दुरसञ्चार कम्पनीको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह ) २ मा भएको व्यवस्था बमोजिम अर्थ मन्त्रालयका सह सचिव कम्पनीको संचालक सदस्य रहने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम शर्मा कम्पनी संचालकमा नियुक्ति भएका हुन् । उनले गत असोज २२ गते गोपनीयता र इमानदारीताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij