काठमाडौं- सिद्धार्थ क्यापिटल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज १८ गते साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आव २०८०र०८१ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो कम्पनी सिद्धार्थ बैंकको सहायक कम्पनी हो ।
कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ।व। २०८०र०८१ को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने , आव २०८०/०८१ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०८१/०८२ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत अर्थात रु. ५,००,००,०००/ (अक्षरेपी पाँच करोड मात्र ) कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्ने, संचालक समितिको निर्वाचन गर्ने रहेका छन् । विशेष प्रस्तावमा आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम रु.४४०,४११/ पारित गर्ने र संचालकहरुको भत्ता वृद्धि गर्ने रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij