२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता ३ दिनका लागि निलम्बन

सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता ३ दिनका लागि निलम्बन

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन गरेको छ। नेप्सेले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं. २०)को ब्रोकर सदस्यता तीन कार्य दिनका लागि निलम्बन गरेको हो। तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भनी सीडीएससीले सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन गर्न नेप्सेसमक्ष सिफारिस गरेको थियो।

सीडीएससीकै सिफारिसमा सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता तीन कार्य दिनका लागि निलम्बन गर्ने निर्णय भएको नेप्सेले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij