२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

895
Shares

काठमाडौं – उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण नगर्न आदेश दिएको छ । यशोदा फुड्सद्वारा उत्पादीत करेन्ट चाउचाउले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि बजारीकरण गरेको भन्दै वाईवाई उत्पादक सीजी फुड्सले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।

उच्च अदालतले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो । वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीजी फ्ड्सको दावी रहेको छ ।

यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij