२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

940
Shares

धनगढी – तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २३ मत परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij