काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार १ वाणिज्य बैंकसहित २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । नेप्सेमा २ कम्पनीको गरि कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज नेपाल बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ९।१ प्रतिशतले हुन आउने ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij