काठमाडौं– प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको सामान सुन नभएको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको देखिएको जनाएको छ।
‘हामीले बरामद भएको वस्तु सुन हो कि होइन भनेर सुन व्यवसायीलाई परीक्षण गराएका थियौं,’ परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले भने,‘त्यहाँ लगेर काट्दा चाँदीमा सुनको जलप लगाएको देखियो। अहिले ५०० ग्राम सुन र बाँकी चाँदी भएको पुष्टि भएको छ। उक्त धातुसहितको झोलामा दुईवटा पेस्तोल पनि भेटिएको थियो । तर गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij