२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मधुमेहबारे जान्नैपर्ने कुरा

मधुमेहबारे जान्नैपर्ने कुरा

1.3K
Shares

मधुमेह हाम्रै जीवनशैली तथा खानपानले हुने रोग हो । अस्वस्थ जीवनशैली र शारीरिक व्यायामको अभावका कारण मधुमेहको समस्या हुन्छ ।

खानाको नियमित तालिका नहुँदा वा कति खाने, कसरी खाने, कुन समयमा के खाने भन्ने कुराको ज्ञान नहुँदा ब्यालेन्स बिग्रन्छ । त्यस्तै, बिहान नास्ता नगर्ने बानीले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन र ‘ब्लडसुगर लेभल’समेत नियन्त्रणमा रहँदैन । यसले मधुमेहको जोखिम बढाउँछ ।

कारण 

  • धेरै बेरसम्म भोकै बस्ने र खान थालेपछि एकैपटक धेरै खाने
  • बजारमा पाइने पेयपदार्थ तथा इनर्जी ड्रिंक्स पिउने  शरीरको तौल

नियन्त्रण नगर्ने

  • राति ढिलो खाना खाने र तुरुन्तै सुत्ने
  • व्यायाम नगर्ने र शरीरलाई नियमित सक्रिय नराख्ने ।

बच्ने उपाय

  • धेरै बेर भोको पेट नबस्ने
  • तालिका मिलाएर पटक–पटक खाने बानी बसाल्ने
  • खानामा हरियो सागसब्जी, सलाद र सुप नियमित समावेश गर्ने
  • भोजनमा रेसादार खाद्यवस्तुलाई

प्राथमिकता दिने 

  • चिनीयुक्त पदार्थको प्रयोगमा नियन्त्रण गर्ने
  • हरेक दिन व्यायाम गर्ने, हिँडडुल गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij