२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका दुई शाखा विस्तार

प्रभु बैंकका दुई शाखा विस्तार

710
Shares

काठमाडौं -प्रभु बैंक लिमिटेडले काठमाडौँको बल्खु र दाङको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बल्खु शाखा र लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले लमही शाखाको उद्घाटन गरेका छन् ।
यससँगै प्रभु बैंकको शाखा संख्या १८२ पुगेको छ । यसबाहेक बैंकले १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij