२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस टिन एसईईको फाइनल जेठ ३२ गते

मिस टिन एसईईको फाइनल जेठ ३२ गते

5.2K
Shares

काठमाडौं -स्टार वान इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले एसईइ दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धी गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस्् भन्ने उद्येश्यले पाँचौ संस्करणको मिस टिन एसईइ २०१९ आयोजना गर्न लागेको जानकारी गराइन् ।

 

आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ, प्रियस्का खड्का, सुबिधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुती पौडेल, सम्युक्ता रिजाल , स्वीकृती पराजुली, कृती सिंखडा, सोफिया प्रसांइ, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिहरु हाल नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण लिईरहेका छन् ।
प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, संम्राट प्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij