काठमाडौं -नेपाल आइडलका प्रतिस्पर्धी गायक महेन्द्रराज बराल को नयाँ गित नभए सहाराको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिमराज सापकोटाको रचना र सुजन चापागांइको संगित रहेको यस भिडियोमा बोल मायाबाट चर्चा पाएकी नायिका अन्जली अधिकारी, आर्या एस बस्नेत र गायक स्वयं को अभिनय रहेको छ । केही बन्ने महत्त्वकांक्षाका साथ आफ्नो मायालुलाई समेत त्यगेर अगि बढ्ने युवाको कथा र आफ्नो मायालुले आफुलार्इ त्यती महत्व नदिएको पीडा भोगेकी युवतीको कथा बस्तुलाई मुख्य रुप दिएको यस भिडियोका निर्देशक अमृत सुनुवार हुन । यस भिडियोमा छांयाकन आवेश बज्राचार्य, सम्पादन माधब बेल्बासेको रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij