काठमाडौं– नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्।
लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन्। देउवासँग पत्नी आरजु राणा पनि गएकी छन्।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउने छन्। खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार नै देउवा सिंगापुर गएका हुन्। देउवा जेठ १३ गते स्वदेश फर्कनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij