२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डोल्पा पठाइएको हजार क्विन्टल चामल कर्मचारीको मिलेमतोमा बाटोमै बिक्री

डोल्पा पठाइएको हजार क्विन्टल चामल कर्मचारीको मिलेमतोमा बाटोमै बिक्री

1.7K
Shares
close up of basmati rice

जाजरकोट – नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका ७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा बिक्री गरेका हुन् ।
जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट आएको चामल बाटौमै बिक्री गरिएको छ, जुम्ला र सुर्खेतबाट ल्याउने चामल पनि पुगेको छैन,’ मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने, ‘गाउँमा चामल छैन ।’ याे समाचार हेमन्त केसीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij