काठमाडौं– नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित अन्तरबैंक विद्युतीय भुक्तानी (एनसिएचएल–आइपिएस) प्रणालीमा सिटी एक्सप्रेस फाइनान्स पनि आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले सोमबारदेखि कारोबार सुरु गर्ने गरी सिटी एक्सप्रेस फाइनान्सलाई प्रणालीमा आबद्ध गराएको छ ।
यस प्रणालीमार्फत कम्पनीसँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता कारोबार सञ्चालन गर्न सक्नेछन् ।
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिट्यान्सलगायत भुक्तानी दिने तथा लिने सेवासमेत यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाले लिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणाली स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । नेपाल क्लियरिङ हाउसको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा हालसम्म ७५ बैंक तथा वित्तीय संस्था सहभागी भइसकेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij