२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्मलाको बलात्कारपछि हत्या प्रकरण : काठमाडौंबाट युवक पक्राउ

निर्मलाको बलात्कारपछि हत्या प्रकरण : काठमाडौंबाट युवक पक्राउ

1.7K
Shares

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।

ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  जानकारी दिए।

‘उनी घटनाका बेला गाउँमा नै थिए। घटनापश्चात काठमाडौं आएको देखिन्छ। उनको गतिविधिका आधारमा उनी नै संलग्न छन् कि भन्ने शंका भएर हामीले पक्राउ गरेको हो,’ आइजिपी खनालले भने,’पक्राउ गरिएका युवामाथि अनुसन्धान अघि बढाइएको छ।’

उनको पहिचान भने अहिलै नखुलाउने उनले बताए।

४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन।

निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे। ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष दिन सके।

त्यसैका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरियो। यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो।

निर्मलाको भजाइनल स्वाबको रिपोर्टसँग उनको डिएनए नमिलेपछि थुनामुक्त गरियो। साउन १० गते आफ्नी साथि रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला घर फर्केकी थिइनन्।

भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन्। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।

सेतोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij