अर्थ नेपाल काठमाडौं– साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको पनि साल्टले जनाएको छ । साल्टले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
बुधबार भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले आम जनतलाई गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्दै आएको बताइन् ।
उनले लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरेको भन्दै कृषि विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार बिक्री गरेको, गहुँको बिउ प्रशोधन गरेर किसानसमक्ष पर्याएको तथा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको बताइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij