२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ग्रील तथा स्टिल व्यवसायलाई प्रवद्र्धन र प्रोत्साहनमा सरकारले सहयोग गर्छ – उर्जा मन्त्री

ग्रील तथा स्टिल व्यवसायलाई प्रवद्र्धन र प्रोत्साहनमा सरकारले सहयोग गर्छ – उर्जा मन्त्री

1.2K
Shares


अर्थ नेपाल काठमाडौं/उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विकास र समृद्धि भनेकै सबै जनता उद्यमी तथा व्यवसायी बन्ने भन्ने हो भन्दै ग्रील तथा स्टिल व्यवसायलाई प्रवद्र्धन र प्रोत्साहनमा सरकारले सहयोग गर्ने बताएका छन् ।
शनिबार राजधानीमा ग्रील तथा स्टिल व्यवसायी सघंद्धाराआयोजित ग्रील तथा स्टिल व्यवसाय संघको दोस्रो अधिवेशनमा मन्त्री पुनले नेपाली बजारमा माग र आवश्यकता अनुसार ग्रील तथा स्टिलको उत्पादन गरी आफैमा आत्म निर्भर व्यवसायलाई अन्तराष्टिय स्तरसम्म पुर्याउन सहयोग गर्ने बताएका छन्।
मन्त्री पुनले संवैधानिक व्यवस्थाअनुसार प्रत्येक निकायले कर उठाउने व्यवस्था छ भन्दैमा कर बढाउनमा प्रतिष्पर्धा गर्ने होइन घटाउनलाई प्रतिष्पर्धा गर्ने बताए। अहिले सामाजिक सञ्जालमा पनि करको बारेमा धेरै विश्लेषण गरेको पाइन्छ । सरकारले साइकल पसललाई कर लाएको हो साइकललाई होइन । जनतालई बाँच्नै नसक्ने गरेर राज्य सञ्चालन हुँदैन । करलाई सरलीकर गदै लैजान्छौँ, उनले भने ।

ग्रील तथा स्टिल व्यवसायी महासंघको अध्यक्ष मोहन कटुवालले पछिल्लो समय मेटल फ्रेबिकेटिकको मूल्य बढ्दै गएको बताए ।
अन्तराष्टिय स्तरमा बढेको मूल्य वृद्धिलाइै हामी स्वीकार गछौँ तर कसैको व्यक्तिगत फाइदाको लागि बढाइएको मूल्य छ भने यसतर्फ पनि सरकारले अनुगमन गर्नु पर्ने उनको भनाई छ ।
नेपाल आर्थिक समुन्नतिको एजेण्डा लिएर हिडेको परिप्रेक्षमा पूर्वाधारको विकासमा हाम्रो व्यवसायको निकै महत्व छ उनले भने, अहिले पनि सरकारले बिजुलीका पोल बाहिरबाट आयात गरिरहेको छ । हामी ग्रील बनाउन सक्छौँ बाहिरबाट आयात गर्नुपर्दैैन, उनले भने ।
अहिले नेपालमा ११ हजारको हाराहारीमा ग्रील तथा स्टिल व्यवसायीहरु छन्। जसले १ लाख ५० हजार भन्दा बढी कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij