२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सर्घषशिल जीवन

सर्घषशिल जीवन

2.9K
Shares

 

धनेन्द्र बस्नेत
अध्यक्ष 
सेन्ट जोसेफ स्कुल, गोल्फुटार

संघर्ष गर्न सक्ने व्यक्ति नै जीवनमा सफल हुन्छ भन्ने उदाहरण हुन सेन्ट जोसेफ स्कुलका अध्यक्ष धनेन्द्र बस्नेत । अर्घखाँची जिल्लामा जन्मेका मेहनती र अध्ययनशील उनी डाक्टर भन्ने सपनाका साथ भारतको बनारस गएका थिए । विविध कारणले डाक्टर बन्न नसकेपछि नेपाल फर्केर त्रिचन्द्र केलजबाट स्नातक र स्नाकोत्तर अध्ययन सेकर दुई दशकदेखी शिक्षा क्षेत्रमा बस्नेत सक्रिय छन् । लगनशिल, मेहनती र धैर्यवान बस्नेत आफ्नो कर्म प्रति सधै विश्वास राख्दछन् । त्यहि कारण आज उनी शिक्षा क्षेत्रमा सफल शिक्षक मात्र नभई कुशल व्यवस्थापकको रुपमा परिचित छन् । आफुले लिएको जिम्मेवारी जसरी पनि पुरा गर्ने स्वभावका बस्नेत आफ्नो क्षेत्रमा सफल छन् । सरल र मेहनती स्वभाव भएकै कारण कमजोर भएका धेरै निजी विद्यालयलाई कुशल व्यवस्थापनबाट सुधार गर्न सफल बस्नेत हाल काठमाडौंको गोल्फुटारमा रहेको सेन्ट जोसेफ स्कुलमा अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी निर्भाह गरिरहेका छन् । दुई दशक लामो शिक्षा क्षेत्रको अनुभव संगालेका बस्नेत नेपालको शिक्षा क्षेत्रलाई नजिकबाट बुझेका छन् । जीवनका लक्ष्य र उद्देश्य परिर्वतन भएपनि उनी कहिले निराश भएनन् । आफ्नो कर्मको बाटोमा निरन्तर लागि रहे । कर्म गर फलको आश नगर भनेझै गरेर काममा निरन्तर लागेका बस्नेतको जीवनमा कर्मसगैं सुन्दर फल पनि प्राप्त गरेका छन् । हिजो देखेका सपना पुरा नहुँदा पनि उनी आफ्नो पेशामा आज खुशी र सन्तुष्ट छन् । हिजो गरेका संघर्षलाई आज उनी स्मरण गर्दछन् । आजको भोली नै सफलता प्राप्त गर्न नसक्ने बस्नेत बताउँछन् । सफलताको लागि त्याग, धैर्यता र लगनशिल हुन युवालाई बस्नेतको आग्रह छ । उनले जीवनमा धेरै संघर्ष गरेका छन् । जुन उनी शब्दमा भन्न समेत सक्दैनन् । कठिन यात्रा पार गरेका बस्नेत धेरै युवाका लागि प्रेरणाका स्रोत हुन ।

दुई दशकदेखी शिक्षा क्षेत्रमा बस्नेत सक्रिय छन् । लगनशिल, मेहनती र धैर्यवान बस्नेत आफ्नो कर्म प्रति सधै विश्वास राख्दछन् । त्यहि कारण आज उनी शिक्षा क्षेत्रमा सफल शिक्षक मात्र नभई कुशल व्यवस्थापकको रुपमा परिचित छन् । आफुले लिएको जिम्मेवारी जसरी पनि पुरा गर्ने स्वभावका बस्नेत आफ्नो क्षेत्रमा सफल छन् । सरल र मेहनती स्वभाव भएकै कारण कमजोर भएका धेरै निजी विद्यालयलाई कुशल व्यवस्थापनबाट सुधार गर्न सफल बस्नेत हाल काठमाडौंको गोल्फुटारमा रहेको सेन्ट जोसेफ स्कुलमा अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी निर्भाह गरिरहेका छन् ।

विद्यालयका अध्यक्ष र शिक्षक भएको नाताले बस्नेत हरेक समय विद्यार्थीको भविष्यको बारेमा चिन्तन गरी रहेका हुन्छन् । कसरी राम्रोर गुणस्तरिय शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने सोचका साथ उनी अघि बढि रहेका छन् । एउटा विद्यार्थी राम्रो बनाउनको लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन र विद्यार्थीको महत्वपूर्ण भुमिका हुने बस्नेत बताउँछन् । अभिभावकले छोराछोरीलाई स्कुल भर्ना गरेपछि आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने बस्नेतले स्पष्ट पारे । सबैको प्रयासबाट मात्र एउटा विद्यार्थीको भविष्य उज्जवल हुने उनको विश्वास छ । घर पहिलो पाठशाला भएको हुँदा यसमा अभिभावक सचेत हुने उनको आग्रह छ । सबै पक्ष जिम्मेवार भए मात्र राम्रो नतिजा ल्याउन सकिने उनको अनुभव छ । सुचना प्रविधि प्रयोग विना हामी टाढा हुन सक्दैनौ । तर यसको प्रयोग आफ्ना बालबच्चाले कसरी गरिरेहका छन् त्यसको बारेमा अभिभावकले विचार गर्नु पर्दछ ।
कक्षा दशसम्मको अध्ययन भइरहेको यस विद्यालयमा हाल पाँच सय पचास भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् । भविष्यमा कलेज सञ्चालन गर्ने र विद्यार्थीलाई प्राविधिक शिक्षा दिने विद्यालयको योजना रहेको बस्नेत बताउँछन् । पूर्ण रुपमा शैक्षिक वातावरण भएको यस विद्यालयमा विद्यार्थीको अध्ययनको लागि आवश्यक भौतिक पूर्वाधार भएको कारण नतिजा राम्रो ल्याउन सफल भएको अध्यक्ष बस्नेत बताउँछन् । यस भेगको राम्रो विद्यालयमा पर्ने यस विद्यालयमा अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको छ । अभिभावकको रोजाईमा रहेको यस विद्यालयमो एसईईको नतिजा पनि राम्रो रहेको छ ।
छविलाल बस्नेत र तुलसा बस्नेतको सुपुत्रको रुपमा जन्मेका बस्नेत आज शिक्षा क्षेत्रमा सफल व्यक्तित्वको रुपमा परिचित छन् । परिवारको साथ र सहयोगको कारण सफलताको शिखर चढ्दै गरेका बस्नेत आमा, श्रीमती, छोरी र भाईका साथ खुशी जीवन विताइ रहेका छन् ।

प्रस्तुति : मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij