२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस्टर एण्ड मिस एसइइ आइकन २०१८को फाइनल जेठ २० गते

मिस्टर एण्ड मिस एसइइ आइकन २०१८को फाइनल जेठ २० गते

1.9K
Shares


अर्थ नेपाल

काठमाडौं/एएनपी मिडिया हाउसले हरेक वर्षझैं यस वर्ष पनि एसइई दिएर बसेका विद्यार्थीहरुलाई विभिन्न विषयका कलेजमा स्कलरसिपसमेत दिँदै मिस्टर एण्ड मिस एसइइ आइकन–२०१८ आयोजना गर्ने भएको छ ।
आयोजक संस्थाका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार एसईइ दिएर बसेका विद्यार्थीहरुको क्षमता, व्यक्तित्व र आत्मविश्वास बृद्वी तथा नैतिक क्षमता अभिबृद्वीका लागि मिस्टर एण्ड मिस एसइइ आइकन–२०१८ गर्न लागिएको हो । पांचौ संस्करणको मिस्टर एण्ड मिस एसइइ आइकन–२०१८ आगामी जेठ २० गते बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्कीले जानकारी गराएका छन् ।
कार्कीका अनुसार ५ वर्षदेखि हुँदै आएको यस प्रतियोगिताका सम्पूर्ण सहभागीहरुले राजधानीको हिमालयन हृवाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेण्डरी स्कुल, पेन्टागन इन्टरनेशनल कलेज, मोलिस कलेज, ओमेगा हायर सेकेण्डरी स्कुल÷कलेज, इड–मार्क एकेडेमी, जुबुलेन्ट कलेज, एभरेष्ट कलेज, ब्लु बर्ड कलेज, क्यसपियन भ्यालि कलेज, क्यारिबिन कलेज, इन्टेन्सीभ इन्टरनेशनल कलेज, रिड मोडल कलेज, पूर्णचण्डी प्लस टु कलेज, टाइम लाईन कलेजलगायतमा विद्यार्थीले विज्ञान संकाय, व्यवस्थापन संकाय तथा मानविकी संकायमा छात्रवृत्ति पाउने छन् ।
प्रतियोगिताका सहभागीहरुलाई प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङ्गको ज्ञानजस्ता विभिन्न विषयमा सम्बन्धित विज्ञहरुद्वारा तालिम र प्रशिक्षण प्रदान गरिनेछ ।
शम्भु प्रसाद रेग्मीको संयोजना र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुने प्रतियोगितामा किशोरतर्पm सन्तोष टेङ्गमाली, अभिषेक बज्राचार्य, राम दुलार यादव, दिपेस खड्का, रेगीस श्रेष्ठ, सुमन सडासंकर, प्रबिन शिवाकोटी, सुदिप घिमिरे, सुर्य बहादुर तामाङ्ग, ह्रकीस श्रेष्ठ, आरभ घिमिरे, दिसान महर्जन, जेसन श्रेष्ठ, दिलिप बस्नेत, राकेश तामाङ्ग र अनिकेस श्रेष्ठले स्पर्धा गर्दैछन्। त्यसै गरी किशोरीतर्पm नीशा देउला, बिबिका थापा, अंसीना दर्नाल, रबिना भण्डारी, पलिस्था मानन्धर, सरस्वती बुढाथोकी, आश्मा पाण्डे, आशिका दाहाल, आयुषा खड्का, मल्लिका श्रेष्ठ, श्रीविसा भण्डारी, रोजीना श्रेष्ठ, आञ्चल भण्डारी, युना थापा मगर, दिपीका श्रेष्ठ, अर्पना नेपाल, मृदुला केसी, आकृति कुंवर, प्रियंका बरुवाल, स्यारोन गुरुङ्ग, सरु धिमाल, रक्षा मल्ल, तिसा बज्रार्चाय, प्रकृति थापा र प्रीति राई प्रतिस्पर्धी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij