२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी दुई कुरामा पार्टनरसंग नगर्नुहोस् झगडा, सम्बन्धमा संकट आउन सक्छ

यी दुई कुरामा पार्टनरसंग नगर्नुहोस् झगडा, सम्बन्धमा संकट आउन सक्छ

2K
Shares

सम्बन्ध जति बलियो किन नहोस्, हरेक सम्बन्धमा कुनै न कुनै बेला खटपट त पर्ने नै गर्छ । यही कुरा श्रीमान् श्रीमतीको सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध अंतरंग र बलियो हुँदा हुँदै पनि केही समयपछि  यसमा दरार आउन थाल्छ । यदि तपाईंको सम्बन्धमा पनि यस्तै भइरहेको छ भने आफ्नो गल्ती स्विकार गर्नुहोस् र कमी कमजोरीलाई टाढा राख्ने कासिस गर्नुहोस् । तर सबैभन्दा पहिले त सम्बधमा किन र कसरी दरार आयो भन्ने बुझ्न जरुरी छ । साधारणतया भिन्न विचार र अलग अपेक्षाका कारण सम्बन्ध टुट्ने अवस्थामा पुग्छ । आउनुहोस्, सम्बन्धलाई अन्त्यतिर धकेल्ने अन्य कारणबारे जानकारी लिऔंः

१. सम्बन्धलाई हल्का रुपमा नलिनुहोस्ः

सम्बन्धमा चिसोपन आउनुका विभिन्न कारणमा समयमा कमी, विचारको बेमेललगातका कुरा पर्दछन् । तर सम्बन्धलाई हल्का रुपमा लिनु पनि एक कारण हो । डेली मेलमा प्रकाशित शोधका अनुसार सम्बन्ध स्थापित भएको दुई वर्ष ९ महिनापछि मानिसहरु आफ्नो सम्बन्धलाई हल्का रुपमा लिन थाल्छन् जसका कारण सम्बन्ध अन्त्यको आशंका बढ्ने गर्दछ ।

२. सोसल मिडिया नेटवर्किङ साइटका कारणः

सम्बन्ध अन्त्यको विभिन्न कारण हुनसक्छन् तर लण्डनमा भएको एक शोधका अनुसार सोसल मिडिया नेटवर्किङका कारण सम्बन्ध टुटिरहेका छन् । उक्त अनुसन्धान अनुसार सोसल मिडियाका कारण सम्बन्धमा गम्भीरता समाप्त भइरहेको छ किनभने मानिसहरु आफ्नो पार्टनरसँग कुराकानी गर्नुको साटो सोसल मिडियामा धेरै समय बिताइरहेका छन् ।

३. कुराकानीको अभावः

थुप्रै पटक एक अर्कासँग खुलेर कुराकानी नगर्दा पनि सम्बन्धमा दरार आउन थाल्छ । कुराकानी एक सफल सम्बन्धको कसी हो विशेषगरी श्रीमान श्रीमतीको सम्बन्धमा । यदि तपाईं र तपाईंको पार्टनरबिच कुराकानी राम्रो भइरहेको छ भने सम्बन्धमा दरार पैदा हुने सम्भावना निकै कम हुन्छ ।

४. आकर्षणः

थुप्रै पटक हामी कसैलाई हेर्दा मात्र पनि आकर्षित भएर सम्बन्धको सुरुवात गर्ने गर्छौं । पछि हामी आशामा खरो उत्रन नसकेपछि सम्बन्धमा तनाव पैदा हुन थाल्छ । यो पनि सम्बन्धमा दरार आउने सबैभन्दा ठूलो कारण हुन्छ ।

५. इच्छाका कारणः

अधिकांश पुरुष र क्रिकेट वा फुटबल जस्ता खेल हेर्न रुचाउँछन् । पुरुषलाई आफ्नो साथीसँग खेल हेर्न निकै मनपर्छ जुन उनकी पार्टनरलाई मन पर्दैन । यसले पनि सम्बन्धमा चिसोपना निम्त्याउँछ । सम्बन्धमा मिठास कायम गरिराख्न यी सबै कुरालाई ध्यानमा राख्नुहोस् र आफ्नो पार्टनरलाई पनि यसको हिस्सा बनाउनुहोस् ।

६. महिलाको स्वभावका कारणः

महिलालाई अरुसँग लामो कुराकानी गर्न मनपर्छ । त्यसकारण यदि तपाईंकी प्रेमिका वा श्रीमती अन्य पुरुषसँग लामो कुराकानी गर्छिन् वा अरु कोहीसँग पार्टीमा जानका लागि तयार हुन्छिन् भने यो पुरुषलाई मन पर्दैन जसका कारण सम्बन्ध टुट्टे संघारमा पुग्छ ।

७. स्वभाविक रहनुहोस्ः

थुप्रै पटक एक अर्कालाई परिवर्तन गर्ने कोसिसका कारण पनि सम्बन्धमा दरार आउन थाल्छ । एक अर्कालाई परिवर्तन गर्ने कोसिस र दबाबको सम्बन्ध धेरै दिनसम्म टिक्दैन त्यसकारण तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस् र पार्टनरलाई पनि त्यस्तै रहन दिनुहोस् । सम्बन्ध दबाबमा झुल्दैन । आफ्नो पार्टनर जस्तो छ त्यस्तै स्विकार्नुहोस् ।

८. एक अर्कालाई नजरअन्दाज गर्नुः

सम्बन्धमा एक अर्कालाई नजरअन्दाज गर्नु पनि दरारको मुख्य कारण हो । स–सानो झगडाले कहिले ठूलो रुप लिन्छ त्यो थाहा नै हुँदैन । जब एक सम्बन्धमा दुई व्यक्ति एक अर्काको सुन्ने र बुझ्नै चाहँदैनन् भने यो खतराको घन्टी हो ।

९. खाना साथीसँगै खानुहोस्ः

समयको कमीका कारण आजकाल मानिसहरु एक अर्कालाई समय दिन पाउँदैनन् । यसले पनि सम्बन्धमा अन्तर पैदा गर्नसक्छ । त्यसकारण बिहान होस् वा बेलुका, कम्तीमा एक पटकको खाना पार्टनरसँगै खानुहोस् ।

साभार : एजेन्सि ओन्ली माई हेल्थ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij