
अर्थ नेपाल संवाददाता
काठमाडौं /चौधरी ग्रुपले सिजी पल्स वायरलेस हेडसेट नेपाली बजारमा ल्याएको छ।
सिजी पल्स मोबाइल फोन, ल्यापटप, तथा अन्य मोबाइल डिभाइसमा ४.१ भर्सनको ब्लूटूथका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। अडियोको लागि उत्पादित यो हेडसेट सबै प्रकारका संगीतप्रेमीलाई मन पर्ने कम्पनीले अपेक्षा गरेको छ।
यस हेडसेटलाई २ घण्टा चार्ज गरेपछि ३ घण्टासम्मको टक टाइम रहेको छ भने यसका उत्पादनलाई लोकप्रिय बनाउन सिजी पल्समा ४.१ टेक्नोलोजी प्रयोग गरिएको कम्पनीले जनाएको छ।
कालो रंगमा बजमरमा आएको यो हेडसेटको मूल्य ४९९ रुपैयाँ तोकिएको छ। यो ब्राण्ड एप्पल र एण्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij