२०८३ मंसिर १३ शनिबार

Nov 28 2026 Saturday

नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सिइओ सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित

नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सिइओ सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित

185
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा चयन भएका छन्। संघको शुक्रबार राजधानीस्थित होटल मर्क्युरमा सम्पन्न ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई निर्विरोध रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।

यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले अब बैंकिङ क्षेत्रका प्रमुख कार्यकारीहरूको साझा संस्थाको नेतृत्व गर्नेछन्।संघको प्रचलित नेतृत्व हस्तान्तरण अभ्यासअनुसार उपाध्यक्षलाई अध्यक्ष बनाउने परम्पराले यसपटक पनि निरन्तरता पाएको हो।

यससँगै कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल संघको उपाध्यक्ष बनेका छन्। गत बुधबार भएको अनौपचारिक छलफलमै नयाँ पदाधिकारी चयनबारे सहमति जुटेको थियो। त्यसैले साधारण सभाबाट नेतृत्व चयन प्रक्रिया निर्विरोध रूपमा टुंगिएको हो।

संघको कार्यसमितिमा निवर्तमान अध्यक्षसहित १० जना रहने व्यवस्था छ। निवर्तमान अध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला छन्। प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएपछि संघको सदस्यता पनि स्वतः समाप्त हुने भएकाले लक्ष्मी सनराइज बैंकबाट अवकाश पाएका अजयविक्रम शाहको कार्यसमिति सदस्य पद रिक्त भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij