२०८३ मंसिर १३ शनिबार

Nov 28 2026 Saturday

महालक्ष्मी विकास बैंकद्वारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकद्वारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

475
Shares

काठमाडौं -सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति प्रदान गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यका साथ स्व. श्री सीताराम प्रसाईको स्मृतिमा स्थापित सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति श्री सिताराम सामुदायिक अंगे्रजी विद्यालय, मेचीनगर– १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो ।

यस प्रकारको छात्रवृत्तिको रकम रु. ५०,००० रहेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानध्यापक मार्फत प्रदान गरिएको हो । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij