२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

नेपाल एसबिआई बैंकद्वारा कुपन्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समितिमा एटीएम टर्मिनलको उद्घाटन

नेपाल एसबिआई बैंकद्वारा कुपन्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समितिमा एटीएम टर्मिनलको उद्घाटन

155
Shares

काठमाडौं – नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटीएम टर्मिनल सञ्चालनमा ल्याएको छ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले उक्त नयाँ एटीएम टर्मिनलको उद्घाटन गरेका हुन्। कार्यक्रममा गुरद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशील राज श्रेष्ठ र बैंक तथा गुरद्वाराका अन्य पदाधिकारीसमेतको उपस्थिति थियो।

श्रद्धालु, स्थानीय बासिन्दा तथा ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उतm नयाँ एटीएम टर्मिनल सञ्चालनमा ल्याइएको हो। यसबाट ग्राहकलाई थप सुविधासहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ।

यसका साथै बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ज्ञान र शिक्षाको ज्योति फैलाउने पवित्र उद्देश्यका साथ गुरद्वारा गुरु नानक सत्संग समिति कुपण्डोल परिसरमा बाल पुस्तकालय स्थापनार्थ सहयोग सामाग्री प्रदान गरेको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले समितिका अध्यक्ष प्रितम सिंहलाई एक कार्यक्रमका बीच उक्त सहयोग सामग्री हस्तान्तरण गरेका थिए। बैंकले शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा समुदायस्तरमा यस्ता गतिविधि समय–समयमा गर्दै आइरहेको छ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij