२०८३ मंसिर ५ शुक्रबार

Nov 20 2026 Friday

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयरमध्ये १० प्रतिशत सर्वसाधारण समूहमा रूपान्तरण

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयरमध्ये १० प्रतिशत सर्वसाधारण समूहमा रूपान्तरण

190
Shares

काठमाडौँ – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको कुल संस्थापक सेयरमध्ये १० प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल बीमा प्राधिकरणको २०८२ फागुन २७ गतेको स्वीकृति तथा २०८२ चैत १२ गते सम्पन्न विशेष साधारणसभाको निर्णयबमोजिम उक्त सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरिएको हो।

यसका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट समेत आवश्यक स्वीकृति प्राप्त भई रूपान्तरित सेयरको सूचीकरणसमेत भइसकेको कम्पनीले जनाएको छ।

धितोबन्धक वा अन्य कुनै प्रयोजनले रोक्का रहेका सेयरका हकमा भने रोक्का फुकुवा भएपछि अथवा सम्बन्धित निकायबाट सहमतिपत्र (एनओसी) प्राप्त भएपछि मात्र रूपान्तरित सेयर डिम्याट खातामा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij