२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

205
Shares

काठमाडौं – लुम्बिनी विकास बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका संस्थापक सेयरधनी दिवाकर कुचेरियाको नाममा रहेको उक्त सेयर बिक्रीका लागि बैंकले १५ दिने सूचना जारी गरेको हो ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर, उक्त अवधिमा सेयर खरिदका लागि कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि बैंकले पुनः सूचना जारी गरेको हो ।

अब उक्त सेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij