२०८३ मंसिर ४ बिहिबार

Nov 19 2026 Thursday

एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशन प्रयाेजनार्थ ताेक्याे बुकक्लाेज मिति

एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशन प्रयाेजनार्थ ताेक्याे बुकक्लाेज मिति

245
Shares

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि आगामी मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गरिने जानकारी दिएको हो।

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण शेयरको २ः१ अर्थात् विद्यमान २ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हाे। जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

बुक क्लोजको मितिअनुसार मंसिर ११ गतेभन्दा अघिल्लो कारोबार दिन अर्थात् मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्।

साथै, बैंकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) हरूलाई समेत यसै सूचनालाई आधार मानी ‘सीएम पुल एकाउन्ट’ मा शेयर नराखी सम्बन्धित खरिदकर्ता शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा शेयर हस्तान्तरण गरिदिन आग्रह गरेको छ। अन्यथा सोको जिम्मेवारी बैंक, शेयर रजिष्ट्रार वा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नहुने समेत सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij