काठमाडौं – छठ पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिए पनि अधिकांश बैंकले सीमित शाखामार्फत बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरूले देशका विभिन्न स्थानमा रहेका केही शाखा खुला राख्ने भएका हुन् ।
बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार ग्राहकले बिदाको दिन पनि तोकिएका शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन्। कुन शाखा खुला रहने र सेवा सञ्चालनको समय कति हुने भन्नेबारे सम्बन्धित बैंकले जारी गरेको सूचनाबाट जानकारी लिन सकिनेछ।











© 2026 All right reserved to arthanepal.com | Site By : Sobij