काठमाडौं – बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शुक्रबार कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सभाले आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन, र लेखा परीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गरेको छ। त्यस्तै सभाले संचालकहरूको नियुक्ति अनुमोदन गर्नुका साथै लेखा परीक्षण समितको सिफारिस बमोजिम आ. व. २०८३ ८४ को लागी लेखा परीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गरेको छ।
सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएम आवश्यक संशोधन समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।
कम्पनीले नुवाकोटमा अवस्थिति ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ साल चैत १० गते देखि आफ्नो व्यावसायिक विद्युत उत्पादन गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij