२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

200
Shares

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीका अनुसार १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ। साधारणसभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असंचिती अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ।

उक्त अग्राधिकार शेयर मुनाफा भएको वर्ष मात्रै लाभांश वितरण हुने गरी नेपाल राष्ट्र बैंक तथा सम्बन्धित नियामक निकायको स्वीकृतिपछि जारी गरिनेछ। यसबाट कम्पनीको प्राथमिक पुँजी वृद्धि गर्ने उद्देश्य रहेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि N.K.T. Associates, Chartered Accountants लाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

साधारणसभामा उपस्थित शेयरधनीहरूले कम्पनीको समग्र व्यावसायिक प्रगति, संस्थागत सुशासन, वित्तीय स्थायित्व तथा भावी योजनाबारे चासो व्यक्त गरेका थिए। कम्पनीले शेयरधनीबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी दिनमा सेवा प्रवाह तथा व्यावसायिक रणनीति थप प्रभावकारी बनाउन मार्गदर्शनका रूपमा लिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij