२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना

395
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.१३ प्रतिशत वार्षिक ब्याजदरमा गाडी कर्जा योजना सार्वजनिक गरेको छ।

ग्राहकलाई सवारीसाधन खरिद प्रक्रिया सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको योजनामा ०.५ प्रतिशत मात्र प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ।

बैंकका अनुसार कर्जाका लागि आवश्यक कागजात तथा प्रक्रिया पूरा भएका ग्राहकलाई तीन कार्यदिनभित्रै कर्जा प्रवाह गरिनेछ। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क र छिटो कर्जा प्रवाहको सुविधा उपलब्ध गराउने बैंकको भनाइ छ।

बैंकले सीमित समयका लागि लागू हुने उक्त विशेष सुविधा देशभर रहेका आफ्ना शाखामार्फत उपलब्ध हुने जनाएको छ।

सवारीसाधन खरिदका लागि कर्जा लिन चाहने ग्राहकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सम्बन्धित शाखामा सम्पर्क गरी योजनासम्बन्धी आवश्यक जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij