२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न

650
Shares

काठमाडौं -आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आईएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ। श्रावण १५ गते होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै सबै अभिकर्तालाई थप ऊर्जा र प्रेरणा प्रदान गर्नु हो। कम्पनीले अभिकर्ताको क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यवसायिक दक्षता विकासका लागि यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ।

अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापन तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तव्य राख्दै कम्पनीको उल्लेखनीय प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको बताए। आगामी दिनमा अभिकर्ताको कार्यलाई अझ सहज बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने उनले बताए।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उत्साहजनक प्रगति हासिल गरेको उल्लेख गर्दै प्रविधिमैत्री सेवा विस्तारमा आईएमई लाइफ अग्रसर रहेको बताए।

त्यसैगरी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले केवल बिक्रीकर्ता नभई बीमा परामर्शदाताको भूमिकामा स्थापित हुनुपर्नेमा जोड दिए। उनले अभिकर्ताको व्यवसायिक क्षमता विकासका लागि कम्पनीले थप तालिम तथा विकास कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको उल्लेखनीय व्यवसायिक सफलतामा अभिकर्ताहरूको भूमिका निर्णायक रहेको बताए। उत्कृष्ट अभिकर्तालाई प्राथमिकतामा राख्दै नयाँ योजना ल्याउने, सेवा समयानुकूल परिमार्जन गर्ने तथा डिजिटल सेवा थप प्रभावकारी बनाउँदै व्यवसायिक उपलब्धि अझ विस्तार गर्ने उनले बताए।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, सर्वाधिक बीमालेख जारी गर्ने लगायत विभिन्न विधाका उत्कृष्ट अभिकर्ताहरूलाई अवार्ड प्रदान गरिएको थियो। अवार्ड आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालकहरू विनोद केसी, उषा ढकाल, सुनील कुमार पोखरेल र सन्दीप अग्रवाललगायतले वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij