२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लिबर्टी माइक्रो लाइफ र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता

लिबर्टी माइक्रो लाइफ र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता

590
Shares

काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिरुवा–१, स्याङ्जा बीच सहकारीका सम्पूर्ण सदस्यहरूलाई लघु जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा कोअपरेटिभ म्यानेजर्स क्लब स्याङ्जाका अध्यक्ष समेत रहेका सहकारीका व्यवस्थापक शिव वाग्ले तथा कोषाध्यक्ष चिन्तामणि रेग्मीले हस्ताक्षर गरे ।लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट क्षेत्रीय प्रमुख शिवप्रसाद पौडेल तथा शिवराम जोशीको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। यस सहकार्यले सहकारीका सदस्यहरूलाई वित्तीय सुरक्षा तथा जीवन बीमाको पहुँच अझ प्रभावकारी रूपमा विस्तार गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij