२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से ७.५० अकंले बढ्यो, ४ अर्ब ५६ करोडको कारोबार

नेप्से ७.५० अकंले बढ्यो, ४ अर्ब ५६ करोडको कारोबार

655
Shares

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को  अन्तिम कारोबार दिन नेप्से परिसूचक  बढेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । बिहीबार  सेन्सेटिभ इण्डेक्स २.९२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक बढेको छ।

आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन ९ उपसूचकमा सुधार देखिएको छ भने ४ उपसूचक घटेको छ । बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २३ करोडको कारोबार भएको छ । एनआरएनको २२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij