२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु

रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु

605
Shares

काठमाडौं- रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुन: शुरु भएको छ । आयोजना पुनर्निर्माणको कार्य सम्पन्न भएपछि असार १५ गतेदेखि विद्युत उत्पादन पुनः शुरु भएको जानकारी कम्पनीले दिएको छ ।

आयोजना पुनर्निर्माणका लागि कम्पनीले २०८३ जेठ २६ गतेदेखि असार १४ गतेसम्म विद्युत उत्पादन बन्द गरेको थियो ।

रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवा जिल्लामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ पुस १६ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको हो ।

यस आयोजनाबाट वार्षिक ६१ करोड ४० लाख युनिट विजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । यस आयोजनामा ३७ मेगावाट क्षमताको तीन ओटा युनिट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij